नाइजेरियाको एक एयरपोर्टबाट उडान भरेको केही बेरमै एक सैनिक विमान दुर्घटनामा परेको छ। एयरपोर्टमा उपस्थित सयौँ यात्रुकै अगाडि झरेको यो जहाज केही बेरमै जलेर खरानी बन्यो। यो दुर्घटनामा जहाजमा सवार सातजना यात्रु पनि मारिएका छन्।
रिपोर्ट अनुसार इन्जिन फेल भएपछि विमानमा विस्फोट भएको थियो। त्यसपछि आबुजा एयरपोर्ट नजिकै खसेको जहाजमा आगो लागेको थियो। जहाजमा सवार सैन्य अधिकारीहरु एउटा उद्धार मिसनमा जाँदै थिए।
इन्जिनमा आगो लागेपछि विमानले आपत्कालीन अवतरणको कोसिस गरेको थियो। तर सफलता मिलेन। एयरपोर्टका एक कर्मचारीका अनुसार हेर्दा हेर्दै जमिनमा बजारिएको जहाज केही बेरमै खरानी भयो।
शनिवार अमेरिकामा युनाइटेड एयरलाइन्सको एक विमानमा पनि आगो लागेको थियो। तर यात्रुलाई कुनै क्षति भएको थिएन। उक्त जहाजलाई आपत्कालीन अवतरण गराइएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।