नारायणहिटीबाट रञ्जित तामाङ : प्रतिगामीहरुलाई जुत्ताको माला लगाइदिन्छौँ

नेकपा दाहाल-नेपाल समूहनिकट अनेरास्ववियुका अध्यक्ष रञ्जित तामाङले प्रतिनिधिसभा विघटन नसच्याए जुत्ताको माला लगाइदिने बताएका छन्। नारायणहिटी दरबार संग्रहालय अगाडि आयोजित जुत्ता प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन्। 

'आज त यहाँ जुत्तामात्रै प्रदर्शन गर्‍यौँ, प्रतिगमन गर्नेलाई जुत्ताको माला लगाइदिन्छौँ', उनले भने, 'प्रतिगमनका मतियारहरुले पदबाट राजीनामा दिऊन्। प्रतिगमन नसच्चिएसम्म हामी कार्यक्रम गरिरहनेछौँ।'

उनले प्रतिनिधिसभा विघटनको निर्णय सँच्चिनै पर्ने मत राखे। 'प्रतिगमन सच्चिएन भने जनताले उनीहरुलाई जुत्ताको माला लगाउने दिन आउनेछ', उनले भने, 'असंवैधानिक गतिविधि र निर्णय नगर्न आग्रह गर्छौँ।'





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १६:४०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया