ओली भन्छन्- विप्लवसँग वार्ता गर्छु, प्रहरी अदालतमै पुगेर समात्छ

ओली भन्छन् विप्लवसँग वार्ता गर्छु, प्रहरी अदालतमै पुगेर समात्सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग दोहोरो व्यवहार गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खटाएका दूतहरु रामबहादुर थापा, विष्णु पौडेल र मणि थापासहितले विप्लव नेकपासँग अनौपचारिक वार्ता अघि बढाइरहेका बेला सरकारको दोहोरो चरित्र सोमबार सर्वोच्च अदालत परिसरमा देख्‍न पाइयो।

गत पुस २९ गते ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ परेका बाँस्तोलालाई फरक विचार राखेकै आधारमा राज्य पक्षले धरपकड गरेको भन्दै पटक पटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट पर्दै आएको छ। 

उनलाई गैरकानुनी थुनामा राखेको भन्दै उनको परिवारले तीन पटकसम्म सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालिसकेको छ। पछिल्लो पटक परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतबाट रिहा आदेश भएका बाँस्तोलालाई सोमबार पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको छ।

अनिमा बाँस्तोलासहितले इलाका प्रहरी कार्यालय धरान, सुनसरी समेतलाई विपक्षी बनाएर हालेको रिटमाथि न्यायाधीशहरू मीरा खड्का र सुष्मालता माथेमाको इजलासले आजै रिहा गर्न आदेश दिएको थियो।



यसअघि माघ २२ गते पनि बाँस्तोलालाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै प्रहरीले पक्राउ गरी हिरासतमा लिएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले ललितपुर र मकवानपुरको सीमानाबाट पक्राउ गरेर हिरासतमा लिएको उनलाई त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू दीपक कुमार कार्की र सुष्मालता माथेमाको इजलासले रिहा गर्न आदेश दिएको थियो।



यस पटक पनि विप्लव नेकपाका सचिवालय सदस्य बाँस्तोलालाई सर्वोच्चले रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले फेरि पक्राउ गरेको हो। सरकार र विद्रोही विच वार्ता तथा संवाद भइरहेको चर्चा चलिरहेको बेला अदालतको आदेशपछि बास्तोला छुट्ने अनुमान गरिएको थियो। तर त्यो अनुमान विपरीत विप्लव नेकपामाथि सरकारले धरपकड कायमै राखेको हो। 

  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १७:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया