जावलाखेलमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

ललितपुरको जावलाखेलमा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । 

ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा२ख ३५७४ नम्बरको बसले प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ । 

ती महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १८:४६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया