सामाजिक रुपान्तरणको भारी बोक्न युवापुस्ता तयार हुनुपर्ने : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा भएको सामाजिक रुपान्तरणको भारी बोक्न अब युवा पुस्ता जागरुक हुनुपर्ने बताएका छन् । देशको नेतृत्व गर्नेहरुले त्यो रुपान्तरणको भारी बोक्न नसक्दा देश दुर्घटना तर्फ लागेको बताए । 

काठमाडौँमा विद्यार्थीमाझ सोमबार भएको एक कार्यक्रममा बोल्दै कांग्रेस प्रवक्ता शर्माले अहिले चलिरहेको नेपाली राजनीतिले देशको जिम्मेवारीको भारी बोक्न नसक्ने भन्दै राजनीति बदलिनुपर्ने जिकिर गरे । देशले सामाजिक रुपान्तरणको भारी बोक्न नसकेकाले राजनीति, प्रशासन, सिंगो समाज र मानिसहरुको मानसिकता रुपान्तरणका लागि सामाजिक परिवर्तन गर्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रवक्ता शर्माले चन्द्र सूर्य अंकित नेपालको राष्ट्रिय झण्डा राजनीतिक दलहरूको झण्डा भन्दा बलियो बन्नुपर्ने विश्वास व्यक्त गरे । आजका युगका विद्यार्थीहरुले डाक्टर, इन्जिनियर बन्छु भनेर मात्रै होइन बदलिएको नेपालको नागरिक बन्न र आफ्नो कारणले कसैलाई कुनै असर नपर्ने बन्ने चाहना राख्नुपर्ने बताए । 

‘हरेक व्यक्तिले आफ्नो जिम्मेवारी पूरा गरे देश सुन्दर बन्छ’

सोही कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य सँगै ३२ वर्षसम्म घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याउन सकेको बताए । 

आफ्नो कार्यकालमा प्राधिकरणलाई झण्डै ४० अर्ब नाफामा ल्याएको उनको दाबी थियो ।



पूर्वकार्यकारी निर्देशक घिसिङले अब हरेक व्यक्ति आत्मनिर्भर हुनुपर्नेमा जोड दिए । उनले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी मात्रै पूरा गरे पनि देश सुन्दर हुने बताए ।



  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १८:५५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया