पूर्वमन्त्री गोकुल बास्कोटाले सर्वाेच्च अदालतले कुनैपनि हालतमा प्रतिनिधिसभा पुनःस्थापना नगर्ने जिकिर गरेका छन् । सोमबार राति ट्विटरमार्फत आफ्ना भनाइ राख्दै चुनावपछि नयाँ संसद बन्ने र सूर्य चिन्ह पनि ओलीकै हुने दावी प्रस्तुत गरेका हुन्।
अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखेँ भन्दै उनले आफ्ना भनाइ राखेका हुन्।
एक–दुई–तीन संसद पुनःस्थापना हुँदैन चुनावपछि नयाँ संसद बन्छ, बास्कोटाले भनेका छन्, ‘साथै सूर्य चिन्ह पनि ओलीकै हुन्छ। किनभने वस्तुगत सत्यवाहेक बाँकी सबै भ्रम हुन्।’
बास्कोटाले ‘प्रतिकृया त जे लाग्छ सो देऊ न’ भन्दै चुनौती समेत दिएका छन् । उनको यस अभिव्यक्तिलाई केहीले सही भएको भन्दै प्रतिक्रिया दिएका छन्।
धेरैले भने कमिसन बार्गेनिङ गरेको अडियो काण्डलाई जोडेर उनीमाथि गाली बर्साएका छन् । एक ट्विटेले त व्यंग्य गर्दे भनेका छन् । ७० करोडले पुग्छ भने चुनाव गरौँ नत्र संसद पुनःस्थापना गरौँ भन्दै उनीमाथि व्यग्य वर्षाएका छन्।
नवराज प्रसाईँ नामका ट्विटेले बास्कोटाको भनाइमा प्रतिक्रिया दिँदै भनेका छन् ‘ ७० करोडमा चुनाव गर्न सकिन्छ भने गरौँ होइन भने लोकतन्त्र र संविधान को रक्षा गरौँ।’
जनताले तिरेको कर र युवाले खाडीमा पसिना बगाएको पैसाले समय अगाब नै चुनाब गराए र फेरि ७० अर्ब लुट्ने योजना छ कि के हो भन्दै उनलाई प्रश्न गरेका छन्।
ओली सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बास्कोटा अडियो काण्डका कारण विवादित बनेका थिए । सेक्युरिटी प्रेस खरिदको विषयमा एक विदेशी कम्पनीका नेपाली एजेन्टसँग मोटो रकम कमिसन बार्गेनिङ गरेको अडियो बाहिरिएपछि बास्कोटाले एक वर्ष अगाडि पदबाट राजीनामा दिएका थिए।
70 करोडमा चुनाब गर्न सकिन्छ भने गरौं होइन भने लोकतन्त्र र संविधान को रक्षा गरौं जनता ले तिरेको कर र युवाले खाडीमा पसिना बगाएको पैसाले समय अगाब नै चुनाब गराए र फेरी 70 अर्ब लुट्ने योजना छ कि के हो??
— Nawaraj Prasain (@NawarajPrasain) February 22, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।