सिरहामा भएको सवारी दुर्घटनामा परी १३ जना घाइते भएका छन् । जिल्लाको कर्जन्हा नगरपालिका–४ स्थित बस्तीपुरमा रोकिराखेको एक ट्रकमा बसले ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा बसी १३ जना घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
बिग्रिएर सडकमा रोकिराखेको ना ६ ख १११० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको यात्रुबाहक बसले सोमबार राति करिब पौने १२ बजे ठक्कर दिएको थियो ।
बसमा सवार ३५ जना मध्ये हाल नामथर नखुलेका २ जना गम्भीर घाइते भएका छन् भने १ जना मध्यम र १० जना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । बाँकी २२ जनाको सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ।
घाइतेहरुको सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बस चालक हाल प्रहरीको निगरानीमा रहेको र ट्रक चालक फरार रहेकोले उनको खोजतलास भइरहेको सिरहा प्रहरीले जनाएको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।