सवारी दुर्घटनाका घाइतेको उद्धारमा आफैँ खटिए प्रदेश प्रमुख झा

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश झा 'अहिराज' ले सवारी दुर्घटनामा घाइते भएका चारजना सर्वसाधारणको उद्धार गरेका छन्। 

झाले आफ्नो पदीय हैसियतभन्दा मानवीयतालाई ख्याल गर्दै सडक दुर्घटनाका घाइतेको उद्धार गरेका हुन्। सुरक्षाका हिसाबले प्रदेश प्रमुखको प्रोटोकल महत्वपूर्ण मानिन्छ। तर उनले सुरक्षा प्रोटोकल तोड्दै नागरिकको उद्धारमा निस्किए। 

प्रदेश २ को राजधानी जनकपुरबाट अगाडि पछाडि सुरक्षाकर्मीसहित गाडीमा सवार झाले मानवीयता देखाउँदै दुर्घटनाका घाइतेको उद्धार गरेपछि उनको प्रशंसा भएको छ।

जनकपुरबाट जीतपुर जाने क्रममा निजगढ जंगलमा सवारी दुर्घटनामा परेर छटपटाइरहेका ४ जना सर्वसाधारणको उद्धार गरी अहिराजले अस्पताल पुर्‍याएका हुन् । झाले यसलाई ‘नागरिकको सुरक्षा पहिलो जिम्मेवारी’ भनेका छन्। 

उनले सवारी दुर्घटनामा परेको देखेपछि आफ्नो गाडी रोक्न लगाई घाइतेलाई आफू सवार गाडीमा राखेर चन्द्रनिगाहापुरको अस्पतालमा आफ्नो सुरक्षाकर्मीसहित पठाएका हुन् ।

यसअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दुर्घटनाका घाइतेलाई उद्धार नगरि अगुवा पछुवा गाडीमा हुइँकिदा आलोचित भएका थिए। मोरङस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटनामा परेकालाई बेवास्ता गर्दै मुख्यमन्त्री राई हिँडेका थिए। 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १२:२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया