राजनीतिक अन्योलको हल्लाले सेयर बजारमा नेगेटिभ सर्किट

मंगलबार सेयर बजार खुलेको ३० मिनेटमै ५७ अंकले घटेको छ। बजार खुलेको सुरुवाती समयदेखि नै ओरालो लागेको बजारमा ३० मिनेट भित्रै नेगेटिभ सर्किट लागेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा परेको मुद्दाको फैसला आज आउन सक्ने हल्लाले सेयर बजार ओरालो लागेको विश्लेषकहरूले बताएका छन्।

उनीहरूका अनुसार राजनीतिक अन्योल बढ्ने हल्लाले बजारलाई प्रभावित गरेको हो । 

बैंकिङ प्रणालीमा अहिले पनि तरलता पर्याप्त रहेकाले बजार घट्नुपर्ने अरु सम्भाव्य कारण नरहेको विश्लेषक बताउँछन् ।

तीस मिनेटको अवधिमा १६५ कम्पनीको २० लाख कित्ता सेयर डेढ अर्ब रुपैयाँमा कारोबार भइसकेको छ। 

यो कारोबारमा १५ कम्पनीको मात्रै मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको सेयर मूल्य ओरालो लागेको छ।



सुरुवाती समयमा सकारात्मक सर्किट लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर आज नकारात्मक सर्किट लागेर कारोबार भइरहेको छ। अन्य कम्पनीको सेयर मूल्य अधिकतम ५ प्रतिशत सम्म घटेको छ।



  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १३:१५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया