ग्यालेक्सी टिभी : राजेश हमालले 'को बन्छ करोडपति' र दीपकराजले 'क्राइम पेट्रोल' चलाउने

चर्चित प्रस्तोता रवि लामिछानेसहितको टिमले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्।  गोरखा मिडिया नेटवर्क प्रालि अन्तर्गत ल्याइएको ‘ग्यालेक्सी फोरके’ले केही महत्वाकांक्षी घोषणा गरेको छ।

नक्सालको होटल मेरियटमा आयोजित टेलिभिजन घोषणा कार्यक्रममा केही महत्वपूर्ण कार्यक्रम पनि सार्वजनिक गरिएको छ। उक्त टेलिभिजन च्यानलले भारतमा चर्चित भएका टेलिभिजन कार्यक्रमलाई नेपालीमा बनाएर चलाउने भएको छ।

यो टेलिभिजन च्यानलले 'सारेगमप लिटिल च्याम्प' चलाउने घोषणा गरेको छ। त्यस्तै भारतमा चर्चित र सफल बनेको हिन्दी रामायणको नेपाली भर्सन पनि चलाउने घोषणा यो टेलिभिजन च्यानलले गरेको छ। 

घोषणा कार्यक्रममा आयोजकले 'को बन्छ करोडपति' कार्यक्रम महानायक राजेश हमालले चलाउने बताए। त्यस्तै भारतको सोनी टेलिभिजन च्यानलमा सुपर हिट बनेको 'क्राइम पेट्रोल' को नेपाली भर्सन पनि चर्चित कलाकार दीपकराज गिरीले चलाउने भएका छन्। 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १३:१७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया