‘द हन्ड्रेड’ क्रिकेट जुलाई २१ बाट
फरकधार / ११ फागुन, २०७७

इङ्ल्यान्ड एन्ड वेल्स क्रिकेट बार्डले गर्न लागेको नयाँ फेन्चाइज क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ आगामी जुलाई २१ बाट हुने भएको छ । 

१०० बलको प्रतियोगिताको उद्‍घाटनमा महिला तर्फको खेल हुनेछ । जसमा  ओभल इन्भिसिबल्स र म्यानचेस्टर ओरिजिनल्स प्रतिस्पर्धा गर्नेछन् ।

पुरुष तर्फ जुलाई २२ मा पनि ओभल इन्भिसिबल्स र म्यानचेस्टर ओरिजिनल्सबीच प्रतिस्पर्धा हुनेछ । ओभलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आबद्ध छन् । उनलाई क्लबले १ लाख पाउन्डमा भित्र्याएको हो ।

फाइनल खेल अगस्ट २१ मा लड्समा खेलिने छ । अघिल्लो वर्ष नै हुने तय भएको प्रतियोगिता कोराना भाइरसका कारण १ वर्ष पछाडि धकेलिएको हो ।

प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ । डबल राउन्ड रोविनका आधारमा हुने लिगको शीर्ष स्थानको टोलीले सिधै फाइनलमा स्थान बनाउने छ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १६:५२:५०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया