योगेशको प्रतिक्रिया : सर्वोच्चको फैसलाबाट लोकतन्त्र र जनताको जित

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई बदर गरिदिएको छ। उक्त निर्णयपछि दाहाल-नेपाल नेकपाका नेता योगेश भट्टराईले यसबाट जनता र लोकतन्त्रको जित भएको बताएका छन्। 

यो निर्णयबाट सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उचो बनाएको पनि उनले टिप्पणी गरेका छन्। भट्टराईले यसबाट सर्वोच्चले तीन करोड नेपालीको सम्मान पाएको पनि  बताएका छन्।

'सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उँचा गरेको छ। मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मान प्राप्त गरेको छ', उनले भनेका छन्, 'सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। जनताको जित, लोकतन्त्रको जित!'





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १८:२९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया