न्यायमूर्तिहरूलाई लाख लाख सम्मान : कांग्रेस प्रवक्ता शर्मा

प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले स्वागत गरेका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै शर्माले सर्वोच्च अदालतका न्यायमूर्तिहरूलाई लाख लाख सम्मान भएको टिप्पणी गरेका छन् ।

‘संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो,’ उनले ट्विटमा भनेका छन्, ‘फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ, संविधान रक्षा गर्दै जनताको जित भएको छ ।’





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १८:४८:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया