सर्वोच्चले भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गर्यो : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर लोकतन्त्रको रक्षा गरेको टिप्पणी गरेका छन् । उपचारका लागि भारतमा रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका उनले ट्विट गरेर प्रतिनिधिसभा पुनर्स्थापनाको स्वागत गरेका हुन् । 

डा. भट्टराईले ट्विटरमा लेखेका छन्– कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खंदै गर्दा मनचाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो ।  हिन्दू मिथकको भष्मासुरलाई विष्णुले मोहिनी रूप धारण गरेर वध गरेझैँ सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराएझैँ भो !’





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १८:५७:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया