प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएपछि विभिन्न नेताहरुले यसको खुलेर प्रशंसा गरेका छन् ।
यही निर्णय आएसँगै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पनि नेपालमा अदालतमाथिको विश्वास थप बढेको बताएका छन् । मंगलबार साँझ फरकधारसँग कुराकानी गर्दै प्रदीप पौडेलले यो निर्णयसँगै अदालतको विश्वास र गरीमा थप बढेको बताएका हुन् ।
‘देशको संविधान थप समृद्ध भएको छ,’ फरकधारसँगको प्रतिक्रियामा उनले भने, ‘यसले अहंकार बोकेको शासकलाई संविधानको पाठ पढाएको छ ।’
यो फैसला आएसँगै पौडेलले देशमा संविधान भएको र सुदृढ लोकतन्त्रका लागि यसलाई ठूलो उपलब्धिका रुपमा हेर्नु पर्ने बताएका छन् ।
‘अब भविष्यमा पनि शासकहरु निरंकुश बन्नेतिर जाने आँट गर्ने छैनन्,’ पौडेलले भने, ‘सर्वोच्च अदालत र न्यायमूर्तिलाई सलाम छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।