सर्वोच्चको फैसलापछि खगेन्द्र संग्रौलाको प्रतिक्रिया : ठूलो भष्मासुरको सट्टा अब सानो भष्मासुर

सर्वोच्च अदालतले पुस ५ गते गरिएको संसद विघटनको निर्णयलाई बदर गरिदिएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको अस्पतालमा रहेर रोगको रिपोर्ट पर्खिरहँदा सर्वोच्चले दिएको फैसलाले रोग नै निको भए जस्तो भएको बताएका छन् ।

डा. भट्टराईको ट्विटको प्रतिउत्तरमा नागरिक आन्दोलनका अगुवा खगेन्द्र संग्रौलाले ‘ठूलो भष्मासुरको सट्टा अब सानो भष्मासुर ! अनि यत्रो खुसी’ उल्लेख गरेका छन् । संग्रौलाले  अर्को ट्विटमा भनेका छन्, 

‘सर्वोच्च अदालतको फैसला ठूला ओलीलाई राजगद्दीबाट ओरालेर साना ओलीलाई राजगद्दीमा उकाल्नु हो ? आखिर राजगद्दीमा सानो ओली छिप्पिएर ठूलो ओली बन्ने त हो ! हैट्, राजगद्दीमा सढाउ ओलीपछि फेरि सढाउ उन्मुख ओली !’

 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १९:१७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया