कांग्रेस सभापति देउवाद्वारा प्रतिनिधिसभा पुन:स्थापनाको स्वागत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा पुन:स्थापनाको फैसलाको स्वागत गरेका छन् । मंगलबार साँझ देउवाले भनेका छन्, ‘संसद विघटनका विषयमा सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखि नै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिएँ । सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ ।’ 

देउवाले अगाडि भनेका छन्, ‘संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलाशका न्यायाधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु।’





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार १९:३४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया