प्रचण्ड–माधव नेपालले एकअर्कालाई खुवाए लड्डु

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा विघटन गरेको प्रतिनिधिसभालाई पुनस्र्थापना गरेपछि नेकपाको प्रचण्ड–माधव समूहले यसलाई स्वागत गरेको छ । 

मंगलबार सर्वोच्चमा यो फैसला सुनाइँदा नेकपा प्रचण्ड–माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनमा थिए । 

बुधबार उनीहरुले संसद विघटनविरुद्ध आन्दोलन तथा प्रदर्शन गर्ने निर्णय गरेका थिए । 

तर, मंगलबार आएको सर्वोच्चको निर्णयसँगै यी दुईले तत्काल एउटा सानो कार्यक्रम आयोजना गरेका छन् । अब बुधबारको सभा विजय र्याली गर्ने उनीहरुले बताएका छन् ।

मंगलबार साँझ सामाजिक सन्जालमा यी दुईले सर्वोच्चको निर्णय आएसँगै एकअर्कालाई लड्डु पनि खुवाएको तस्वीर अहिले सामाजिक सन्जालमा निकै रुचाइएको छ ।





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार २०:०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया