सर्वोच्चको निर्णयपछि वामदेव गौतम : अब नेकपालाई एउटै बनाउँछु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अब पार्टीलाई मिलाएर लैजाने बताएका छन्। 

सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएपछि उपाध्यक्ष गौतमले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउने काममा लाग्ने बताए ।

सर्वोच्चको निर्णयलाई स्वागत गर्दै उनले फैसला नेपाली जनताको भावना र संविधानको पक्षमा बताएका छन्। नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतमले पार्टीलाई एक बनाउन अभियान चलाइरहेका छन्। 

‘अब नेपालको राजनीतिमा नेकपालाई एकीकृत गरेर सहि दिशा दिनुपर्छ', उनले भने, 'म अब पार्टीलाई मिलाउँछु।’
 





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार २०:२२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया