प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने, संसद्‍मै सामना गर्ने

प्रधानमन्त्री केपी शर्माओलीले तत्काल राजीनामा नदिने भएका छन्। सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

ओली शीतल निवास पुगेसँगै धेरैले उनले राजीनामा दिन सक्ने आँकलन गरेका थिए। तर उनका प्रेस सल्लाहकार सूर्य थापाले तत्काल राजीनामा नदिने बताएका छन्। 

थापाले सर्वोच्च अदालतले विवादास्पद फैसला दिएको पनि बताएका छन्। 'सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्‍नुपर्छ', उनले भनेका छन्, 'र, यसलाई कार्यान्वयन गर्नुपर्छ । यसका  दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ। यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ।'

उनले सर्वोच्चको फैसला कार्यान्वयन गर्न संसदमै प्रधानमन्त्रीले सामना गर्ने बताए। 'प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ', उनले अगाडि भने, 'तत्काल राजीनामा दिनुहुने छैन।'





  • प्रकाशित मिति : फागुन ११, २०७७ मंगलबार २२:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया