प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि ओली खेमामा निराशा छाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली पक्षका नेता कार्यकर्ताले सबैले सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भन्दै खुसी व्यक्त गरेका छन् । अदालतले संविधानको रक्षा गर्नेको भन्दै धन्यवाद दिएका छन् ।
सर्वोच्च अदालतको फैसलापछि उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भने कविता फुरेको छ । ओलीका सबै खाले कदममा साथ दिँदै आएका पोखरेलले ‘यात्रा’ शीर्षक दिएर आफ्नो फेसबुकमा एउटा कविता पोस्ट गरेका छन् ।
लड्दै उठ्दै लड्दै उठ्दै हिंड्न सिकेका मानिसहरू... भन्दै कविता सुरु गरेका उनले कमजोरीहरू सच्याएर अघि बढिरहनु पर्ने, एउटा हार भयो भन्दैमा त्यसबाट विचलित हुन नहुने भाव कवितामा पोखेका छन् ।
 यात्रा —— लड्दै उठ्दै / लड्दै उठ्दै हिंड्न सिकेका मानिसहरू । अनगिन्ती कमजोरीबाट पाठ सिक्दै उठ्न सिकेका...
Posted by Ishwar Pokhrel on Tuesday, February 23, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।