अन्तिम पटाक्षेप हुन बाँकी भएकाले एकताका लागि सोचौँ : विष्णु रिजाल

नेपाल कम्युनिस्ट पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले अब पुनः पार्टीलाई एकढिक्का बनाउनेबारे सोच्ने बेला आएको बताएका छन् । 

बुधबार बिहान सामाजिक सञ्चालमार्फत आफ्नो धारणा राख्दै रिजालले सर्वोच्च अदालतको फैसला र निर्वाचन आयोगको अलमलले नेकपाका नेताहरूलाई फेरि एकपटक ठण्डा दिमागले सोच्ने मौका दिएको भनाइ राखेका छन् । 

पार्टी दुई खेमामा बाढिएपछि प्रचण्ड–माधव नेपाल पक्षमा लागेका रिजालले धेरै बिग्रिए पनि अन्तिम पटाक्षेप हुन बॉकी नै भएकाले एकताका लागि आ–आफ्नो ठाउँबाट सोच्ने र योगदान गर्ने वेला आएको बताएका हुन् । 

‘आवेग, उत्तेजना र अहम् क्षणिक हुन् भने देश, पार्टी र युवा पुस्ताको भविष्य दीर्घकालीन हो’ रिजालले भनेका छन्,  ‘त्यसैले पछिल्ला घटनाबाट पाठ सिक्दै सबै नेताहरुले आ–आफ्ना सीमा र सवलता बुझ्न सक्दा नेकपा एकीकृत रूपमा अघि बढ्न सक्छ ।’

एकता विथोलिएको देखे–भोगेका नेता–कार्यकर्ताले आगामी दिनमा सजगतापूर्वक एकता बचाउन सक्ने धारणा रिजालले व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १०:६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया