सर्वोच्चको निर्णयलाई मान्न सकिन्छ, सम्मान गर्न सकिन्नः ईश्वर पोखरेल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका सचिवालय सदस्य ईश्वर पोखरेलले सर्वोच्च अदालतले गरेको प्रतिनिधिसभा विघटनको बदरलाई आफूहरुले माने पनि सम्मान नगर्ने बताएका छन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रयत्नलाई कानुनी आवरणमा निस्तेज बनाउने काम भएको बताएका छन् । 

सामाजिक सन्जाल ट्विटरमा उनले सरकार सन्चालनमा गतिरोध सिर्जना भएसँगै सार्वभौम जनतामा गएर जनादेशको माध्यमबाट समाधान गर्ने चाहना राखेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेको स्मरण गरेका छन् । 

यसले मुलुकको राजनीतिलाई थप गम्भीर र अस्थीर, जटिल बनाउने पनि उनले दाबी गरेका छन् ।

‘निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न,’ उनले लेखेका छन् । 

 





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार ११:०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया