नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव) समूहका नेता डाक्टर भीम रावलले लोकतन्त्रवादीसँग मिलिर सत्ता समीकरण हुने जानकारी दिएका छन् । बुधबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लोकतन्त्र बलियो हुनेगरी अगाडि बढ्ने बताए।
प्रधानमन्त्री बन्ने बाटो खुल्ला रहेका भन्दै उनले संविधान क्रियाशिल हुने गरी राष्ट्रका हितमा अगाडि बढ्ने बताए ।
अदालतले गरेको निर्णयको स्वागत गदैँ रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने धारणा व्यक्त गरे।
‘केपी शर्मा ओलीजीमा अलिकता पनि नैतिकता छ भने तत्काल राजनीमा दिएर अदालतको सम्मन गर्नुपर्ने हो’ रावलले भने ‘तर नैतिकता नै नभएको व्यक्तिमा नैतिकता छैन भने कसको के लाग्यो ?’
अदालतको निर्णय आएपछि पार्टी एक हुने सम्भावना के छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने । ‘व्यक्तिगत रुपमा केपी शर्मा ओलीले राष्ट्रका सामु आफूले प्रनिनिधिसभा विघटन गरी गल्ती गरेको रहेछु । माफ गर्नुहोस् भन्दै नैतिकताका आधारमा प्रधानमन्त्रीबाट राजीनामा दिनुभयो भने केही सकारात्मक बन्न सकिन्छ ।’
उनले अदालतको निर्णयले कुनैपनि व्यक्ति स्वेच्छाचारी ढंगमा अगाडि बढेमा टिक्दैन भन्ने सन्देश दिएको उनको भनाइ छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।