चितवनबाट फर्केर देउवा भेट्न बूढानीलकण्ठ जाँदै दाहाल-नेपाल

नेकपा दाहाल-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल चितवनबाट फर्किएका छन्। प्रतिनिधिसभा पुन:स्थापना भएपछि चितवनको विरोधसभा स्थगित गरेका दाहाल-नेपाल सम्भावित सत्ता समीकरणका लागि देउवालाई मनाउन बूढानीलकण्ठ जान लागेका हुन्। 

प्रतिनिधिसभा विघटन भएपछि मौन बसेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति देउवाले सर्वोच्चको निर्णयको स्वागत गरिसकेका छन्। चितवनबाट फर्किएर प्रचण्ड र नेपाल बूढानीलकण्ठ जान लागेका हुन्। यो कुराको सभापति देउवाको सचिवालयले पनि पुष्टि गरेको छ।

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला लगत्तै मंगलबार बेलुकी प्रचण्ड, नेपाल र झलनाथ खनालले सभापति देउवालाई फोन गरेका थिए । उनीहरु तीनै जनासँग सभापति देउवाले कुराकानी गरेको देउवाका सहयोगी भानु देउवाले बताएका छन्।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १२:१६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया