प्रदेश २ मा कार्यरत सशस्त्र प्रहरी बलका अधिकृतहरु कारबाहीमा

सशस्त्र प्रहरी बलको दुई नम्बर प्रदेश छिन्नमस्ता बाहिनीले बदमासी गर्ने र संगठनको नीतिविपरीत काम गर्ने कर्मचारी माथि कारबाही गरेको छ । संगठनको नीतिविपरीत काम गर्ने आध दर्जनभन्दा बढी सिनियर अधिकृत लगायत थुप्रै जुनियर अधिकृत र बिल्लादार जवान समेत कारबाहीमा परेका छन् । 

केही महिना यता सशस्त्र प्रहरी नायब उपरीक्षक योगराज दाहालले नसिहत पाएका छन् । महोत्तरीस्थित बोर्डर आउट पोस्ट सम्सीका सशस्त्र प्रहरी निरीक्षक गणेश न्यौपानेलाई कमान्डबाट फिर्ता गरेर नसिहत दिइएको । 

यस्तै बारास्थित बोर्डर आउट पोस्ट बंकुलका सशस्त्र प्रहरी निरीक्षक किरण केसीलाई सख्त चेतावनी दिइएको छ । बारास्थित बोर्डर आउट पोस्ट सुवर्णपुरका सशस्त्र प्रहरी निरीक्षक अशोक चालिसेलाई पनि सख्त चेतावनी दिइएको छ ।

यसै गरी घुमुवा खटाएर रकम असुल्ने महोत्तरीस्थित सुरक्षा बेस रामनगरका सशस्त्र प्रहरी निरीक्षक नन्दराज राईले सख्त चेतावनीको कारबाही भोगेका छन् । विगतमा पनि काठ काण्डमा मुछिएका राईको हरेक युनिटमा अवैध असुली चलिनै रहन्छ ।

यस्तै बिओपि खैरबनी महोत्तरीका सशस्त्र प्रहरी निरीक्षक सुजन गोलेले समेत सख्त चेतावनीको कारबाही पाएका छन् । बाराकै बिओपी गोलागञ्जका सशस्त्र प्रहरी नायब निरीक्षक अशोक यादव र सशस्त्र प्रहरी सहायक निरीक्षक अखिलेश यादवले क्रमश: ग्रेड रोक्का र बढुवा रोक्काको कारबाही भोगेका छन् । 

सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बाहिनीको कमाण्ड सम्हालेपछि गलत क्रियाकलाप गर्ने मातहत कर्मचारीमाथि निर्मम ढंगले प्रस्तुत हुन थालेको बताइन्छ । यसैबीच घुमुवाको नाममा परिचालित पाँच दर्जनभन्दा बढी सिपाही हवलदार समेत बाहिनी तानिएका थिए । तिनीहरुलाई अहिले मुस्ताङ, हुम्ला, कालिकोट, पर्वत, तनहुँ , नुवाकोट, म्याग्दी लगायताका जिल्लामा सरुवा गरिएको छ । 



यसका साथै दुई नम्बर प्रदेश मातहतका इकाइहरुमा आचरणसम्बन्धी अनुशिक्षण तालिम पनि निरन्तर सञ्चालन गर्न थालिएको छ भने शून्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न थालिएको छ । यसका साथै लागुऔषध नियन्त्रणलाई पनि उच्च प्राथमिकताका अघि बढाइएको बाहिनी स्रोतले जानकारी दिएको छ ।



  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १२:५७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया