प्रचण्ड र माधवको प्रस्ताव : मिलेर जाऔं, देउवाकाे जवाफ : पार्टीमा कुरा गर्छु

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेपछि नेकपाका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले बुधबार कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका छन् । देउवा निवास बूढानीलकण्ठ पुगेर भेटेका प्रचण्ड र माधवले मिलेर जानका लागि प्रस्ताव गरेको कांग्रेसले जनाएको छ ।

यद्यपि कांग्रेस सभापति देउवाले यसबारेमा पार्टीमा छलफल गरेर निष्कर्षमा पुग्ने र फेरि छलफल गर्ने बताएका छन् । कांग्रेस नेता रमेश लेखकले भने, ‘उहाँहरुले  सहयोग गर्ने प्रस्ताव लिएर आउनु भएको हो ।’

कांग्रेस सभापति देउवाले बिहीबारका लागि पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । नेता लेखकका अनुसार पछिल्लो राजनीतिक अवस्थामा बारेमा पार्टीमा छलफल गरेपछि मात्रै कुनै ठोस निष्कर्षमा पुगिनेछ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरेपछि अब नयाँ सत्ता समीकरणको सम्भावनाका बढेकाले दलहरु बीचमा औपचारिक अनौपचारिक वार्ता र संवादहरू बाक्लिएका छन् । १३ दिनभित्र संसद बैठक बस्ने भएकाले दलहरूका बीचमा कस्तो समीकरण बन्छ भन्ने चासो पनि सर्वत्र छ ।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १६:५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया