पछिल्लो २४ घन्टामा ९४ जनामा कोरोना संक्रमण पुष्टि, एकजनाको मृत्यु

नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३ हजार ६ सय ९२ पिसिआर परीक्षणमा ९४ जनामा कोरोना संक्रमण भएको हो ।

आज काठमाडौं उपत्यकाभित्र भक्तपुरमा २, ललितपुरमा १२ र काठमाडौंमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको छ । 

पछिल्लो २४ घन्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १६:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया