देश अनिर्णयको बन्दी हुनबाट जोगियो : वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलाबाट देश अनिर्णयको बन्दी हुनबाट जोगिएको बताएका छन् । 

नेपाली काँग्रेस धनुषाद्वारा आज जनकपुर धाममा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रधानमन्त्री र राष्ट्रपतिले मिलेर खडा गरेको गम्भीर खतराबाट सर्वोच्च अदालतको फैसलाले देश जोगिएको बताए । 

उनले भने, ‘यो निर्णय नआएको भए नेपालमा जे पनि गर्न पाइने एउटा नजिर खडा भई विश्वसामु न्याय कानुन नभएको देशको नामले गलत पहिचान सावित हुने थियो । यस खतराबाट देशले मुक्ति पाएको छ ।’ पौडेलले न्यायालयले संविधानसम्मत ढंगबाट लिएको निर्णयले तानाशाह प्रवृत्तिको अन्त्य भएको बताए ।

नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूलाई उनले पार्टी विधानको दायराभित्र रहेर पूर्ण अनुशासित र सक्रियतापूर्वक संगठन विस्तारसँगै देश जोगाउनेदेखि प्राप्त उपलब्धिहरूको रक्षा समेतको भूमिका खेल्न निर्देशन दिएका छन् ।





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १७:१६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया