बी डिभिजन लिग : आशिषको ह्याट्रिकमा श्री कुमारी विजयी

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लब विजयी भएको छ । उसले बुधबार सातदोबाटोस्थित एन्फा कमप्लेक्समा श्री भगवती क्लबमाथि ४–१ को सहज जित निकालेको हो ।

श्री कुमारीको जितमा चारै गोल आशिष राईले गरे । नवराज गुरुङले श्री भगवतीका लागि एक गोल फर्काए । खेलको २० औं मिनेटमा गोल गर्दै आशिषले श्री कुमारीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ गोल गरेको श्री कुमारीले दोस्रो हाफमा ३ गोल थप्यो । खेलको ५३ औं, ६४ औं मिनेटमा गोल गर्दै आशिषले आफ्नो ह्याट्रिक पूरा गरे ।

७७ औं मिनेटमा आशिषले नै व्यक्तिगत तथा टिमका लागि चौथो गोल गरे । थप गरिएको समयमा नवराजले श्री भगवतीका लागि सान्त्वना गोल गरेपछि श्री कुमारीले ४–१ जित हात पारेको हो ।  

जितसँगै श्री कुमारीले ६ खेलबाट ६ अंक जोड्दा पराजित भएको श्री भगवतीले समान खेलबाट ५ अंक जोडेको छ ।

लिग अन्तर्गत आज नै भएको पहिलो खेलमा बाँसबारी क्लबले टुसाल युवा क्लबलाई ३–१ ले पराजित गर्‍यो । 



बाँसबारीको जितमा भीष्मराज घिमिरेले २ र अनिल गुरुङले १ गोल गरे । टुसालका सुनिल धामीले १ गोल फर्काए । 

आज जित निकालेको बाँसबारी ६ खेलबाट १४ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा पराजित भएको टुसालले समान खेलबाट ८ अंक जोडेको छ ।



  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १७:४५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया