सांसदहरुलाई उपत्यका नछाड्न दाहाल-नेपाल नेकपाको निर्देशन

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा दाहाल-नेपाल समूहले आफूनिकट सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन दिएका छन्। 

सिंहदरबारमा आयोजित बैठकमा बोल्दै नेताहरुले आफूपक्षीय सांसदहरुलाई तत्कालका लागि उपत्यका नछाड्न निर्देशन दिएको नेतृ एवम् पुन:स्थापित प्रतिनिधिसभा सांसद रामकुमारी झाँक्रीले  बताइन्। 

'आजको यो बैठक अनौपचारिक मात्रै हो। बैठकमा नेताहरुले उपत्यकामा बसेका सांसदहरुलाई बाहिर नजान निर्देशन दिनुभएको छ', झाँक्रीले भनिन्, 'सर्वोच्चले १३ दिनभित्र संसद बोलाउन आदेश दिएकाले जति खेर पनि प्रतिनिधिसभा बस्न सक्ने निचोडसहित यस्तो निर्देशन भएको हो।'

बैठकमा नेताहरुले कांग्रेससँग गठबन्धनबारे छलफल भए पनि प्रधानमन्त्रीका रुपमा शेरबहादुर देउवालाई प्रस्ताव नगरेको स्पष्टीकरण सांसदहरुलाई दिएका थिए। 





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार १८:८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया