सवा करोड अपचलन गरेको अभियोगमा भरतपुर मालपोतका लेखा अधिकृत पक्राउ

प्रहरीले सवा करोडभन्दा बढी रकम अपचलन गरेको अभियोगमा भरतपुर मालपोतका लेखा अधिकृत रिठ्ठे परियारलाई पक्राउ गरेको छ । 

मालपोत कार्यालयमा रही ०७५ पुस २५ गतेदेखि कार्यालयको सम्पर्कमा नरहेका उनलाई प्रहरीले विशेष सूचनाका आधारमा काठमाडौंको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरेको हो । 

परियारमाथि राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखाको भौचर, छाप तथा कर्मचारीको भौचरसमेत कीर्ते गरी एक करोड १७ लाख २४ हजार पाँच सय ३८ रुपैयाँ अपचलन गरेको अभियोग छ । 





  • प्रकाशित मिति : फागुन १२, २०७७ बुधबार २१:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया