कांग्रेसको पदाधिकारी बैठक बस्दै, प्रचण्ड–माधवको प्रस्तावमाथि छलफल हुने

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकोे आज पदाधिकारी बैठक बस्ने भएको छ । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेसँगै अब बन्ने सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफलका लागि यो बैठक बस्न लागेको हो । 

यसअघि बुधबार बुढानिलकण्ठमा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेकपा प्रचण्ड–माधव समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सरकार बनाउन आफूहरुलाई सहयोग गर्न अनुरोध गरेका थिए । 

यही छलफलपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । 

कांग्रेसलाई अहिले नेकपा ओली समूहले पनि आफूहरुलाई सहयोग गर्न एप्रोच गरेको छ । नेकपाका दुवै समूहले कांग्रेस सभापति देउवालाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेका छन् ।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार ८:३९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया