स्लिम बन्न सुत्नुअघि पिउनु पर्ने तीन ड्रिङ्क्स

बढ्दो तौलको सबैलाई चिन्ता हुन्छ । तर, यसलाई कसरी घटाउने ? यो प्रश्नको जवाफ सबैसँग सहजै चाहिँ नहुन पनि सक्छ । यसका लागि विश्वभर विभिन्न अनुसन्धान भएका छन् । 

एक अनुसन्धानअनुसार घन्टौ जिममा पसिना बगाउनु र राति सुत्नुअघि केही पिउनुले पनि तौल घटाउन सहयोग गरेको हुन्छ । 

आउनुहोस्, तीन कुराबारे थाहा पाऔँ, जसले हामीलाई सुत्नुअघि पिउँदा तौला घटाउन सहयोग गर्छन् ।

केमोमाइल चिया

केमोमाइल चिया वजन घटाउनका लागि सबैभन्दा राम्रो चिया मानिन्छ । बढ्दो तौल घटनाउनका लागि राति सुत्नुअघि केमोमाइल चियाको सेवन गर्दा तौल घट्दै जाने प्रमाणित नै भएको छ ।

यसले तौल घटाउने मात्र होइन, राम्रो निद्रा पनि लाग्ने गरेको प्रमाणित भएको विभिन्न अनुसन्धानले देखाएका छन् ।



दालचिनीको चिया

कम समयमा नै तौला घटाउन चाहनेका लागि दालचिनीको चिया निकै उपयोगी हुने देखिएको छ । तौल बढ्दै जाँदा दालचिनीको चिया पिउनेहरुले तौला घटेको अनुभव गरेका छन् । यसले हाम्रो शरीरको मेटाबोलिजम र पाचन प्रणालीलाई सहज बनाउने भएकाले यो अत्यावश्यक देखिन्छ ।



 

मेथीको चिया

तौल बढ्ने मात्र होइन, निद्रा नलाग्ने समस्या पनि छ भने मेथीको चिया अर्को उत्तम विकल्प हो । मेथीले त पाचन प्रणालीको सुधारमा पनि निकै राम्रो काम गरेको हुन्छ । त्यसैले तौल बढेका र निद्रा नलाग्नेहरुले मेथीको चिया खानु उत्तम हुनसक्छ ।
 

 

  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार २१:१४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया