\
सत्तारुढ नेकपाका नेता लालबाबु पण्डितले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि प्रचण्ड माधवकुमार नेपालले गरेको प्रस्तावमा आपत्ति जनाएका छन् ।
नेता पण्डितले अहिलेको परिस्थितिमा नेकपाको एकीकरण भंग भइनसकेकाले अहिले कांग्रेसको नेतृत्वमा सरकारमा जानु जनमतको अपमान भएको बताए ।
सामाजिक सञ्जालमार्फत नेता पण्डितले प्रचण्ड-माधव समूह आफ्नो पार्टीको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकारमा गए आफू विरोधमा बस्ने भन्दै नेतृत्वलाई सचेत गराएका छन् ।
पण्डितले लेखेका छन्, नेकपामा कठिन भएपनि एकताको सम्भावना समाप्त भएको छैन । बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउन जान हुँदैन । यो जनमतको अपमान हुने भएकोले कहीँ यस्तो अवस्था नआओस् । मेरो यसमा बिरोध रहने छ । नेतृत्वलाई बेलैमा जानकारी गराउँछु ।
नेकपामा कठिन भए पनि एकताको सम्भावना समाप्त भएको छैन। बहुमत प्राप्त पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऊँन जान...
Posted by Lalbabu Pandit on Wednesday, February 24, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।