\
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको प्रधानमन्त्री बन्ने सम्भावना शून्य रहेको बताएका छन् ।
थापाले अहिलेको राजनीतिक परिस्थितिमा प्रचण्ड-माधव प्रधानमन्त्री बन्नु भनेको गोरु ब्याएर बिगौती खान खोजे जस्तै भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै थापाले प्रचण्ड-माधवको नेतृत्वमा नयाँ सरकार असम्भव भएको बताए ।
थापाले लेखेका छन्, पुष्पकमल दाहाल “प्रचण्ड“ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रीत्व) मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असम्भव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजे जस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔँ !!
पुष्पकमल दाहाल "प्रचण्ड" र माधवकुमार नेपालकाे नेतृत्व(प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर,...
Posted by Surya Thapa on Wednesday, February 24, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।