भारतमा कोरोनाको दोस्रो लहर : एकैदिन थपिए १६ हजार नयाँ संक्रमित
महाराष्ट्रको एकै होस्टलमा २ सय २९ संक्रमित भेटिए

भारतमा कोरोनाको दोस्रो लहर देखिन थालेको छ। त्यहाँका विभिन्न राज्यहरुमा कोरोना संक्रमित फेरि बढ्न थालेका छन्। यस्तो चिन्ताजनक खबर महाराष्ट्रको वाशिम जिल्लाबाट आएको छ।
त्यहाँको एक ब्वाइज होस्टलमा एकसाथ २ सय २९ जना विद्यार्थी र ३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। यस होस्टलमा अमरावती, नान्देड, वाशिम, बुल्ढाना र अकोलाका ३ सय २७  विद्यार्थी बस्दै आएका छन्। 

अब पूरै होस्टललाई क्वारेन्टाइन बनाइएको छ। वाशिम त्यही जिल्ला हो जहाँ दुई दिनअघि राज्यका मन्त्री सञ्जय राठौर हजारौँ  भीडसहित एक मन्दिर दर्शन गर्न पुगेका थिए। 

भारतमा फेरि कोरोना संक्रमितको संख्याले उचाइ लिन थालेको छ। खासगरी महाराष्ट्रमा अहिले कीर्तिमानी संख्यामा संक्रमित भेटिन थालेका छन्। यहाँ १२६ दिनपछि बुधबार पहिलो पटक २४ घण्टाभित्र ८ हजार नयाँ संक्रमित भेटिएका छन्। आँकडा अनुसार बुधवार यहाँ ८ हजार ८ सय ७ मानिस संक्रमित भएका छन्। यसअघि गत अक्टोबर २१ मा ८ हजार १४२  मानिस संक्रमित पाइएका थिए।

भारत फेरि विश्वको चौथो देश बनेको छ जहाँ सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। हरेक दिन नयाँ संक्रमित भेटिने मामिलामा भारत एक पटक फेरि विश्वको चौथो देश बनेको हो।  एक हप्ताअघि यस मामिलामा भारत शीर्ष १० भन्दा पनि बाहिर थियो। तर संक्रमितको संख्या बढ्दै भारत शीर्ष चारमा आइपुगेको छ। अहिले भारतमा हरेक दिन १३ हजारभन्दा धेरै संक्रमित भेटिन थालेका छन्। 

पहिलो नम्बरमा अमेरिका छ, जहाँ ७० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिइरहेका छन्। दोस्रो नम्बरमा ब्राजिल छ, जहाँ हरेक दिन ६० हजार भन्दा धेरै संक्रमित थपिँदैछन्। फ्रान्समा अहिले पनि हरेक दिन २० हजार नयाँ संक्रमित थपिँदैछन्।

भारतमा बुधवार १६ हजार ८८६ नयाँ संक्रमित भेटिएका छन्।  २८ दिनपछि पहिलो पटक भारतमा २४ घण्टामा १६ हजार भन्दा धेरै संक्रमित भेटिएका हुन्। यसअघि २८ जनवरीमा सबैभन्दा धेरै १८ हजार ९१२ मानिस संक्रमित पाइएका थिए। यसका साथै भारतमा संक्रमितको संख्या १ करोड १० लाख ४६ हजार पुगेको छ।



यिनमा एक करोड ७ लाख ३६ हजार निको भइसकेका छन्। अहिले पनि एक लाख ४८ हजार ६९१ संक्रमितको उपचार हुँदैछ। भारतमा १ ला ५६ हजार ७४२ जना संक्रमितको निधन भएको छ। 



  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १४:७:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया