प्रतिनिधिसभाका सांसदले 'विघटित अवधि'को सबै तलब भत्ता पाउने
फागुनको तलबसँगै पुस र माघको पठाउने तयारी

प्रतिनिधिसभाका सांसदहरुले विघटित अवधि (पुस ५ देखि फागुन ११) सम्मको सबै तलब भत्तासहित सुविधा पाउने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएपछि सांसदहरुको तलब भत्तासहितका सबै सुविधा रोकिएका थिए। 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै पुस ५ र फागुन ११ बीचको समयलाई 'शून्य समय'का रुपमा परिभाषित गरिदिएपछि उक्त अवधिको पनि सबै सुविधा सांसदहरुले पाउने भएका हुन्। 

संसद सचिवालयका सह-प्रवक्ता दशरथ धमलाका अनुसार पुस ५ देखि फागु ११ सम्मको शून्य समयको पनि कानुन अनुसार प्रतिनिधिसभाका सबै २७५ जना सांसदहरुले पाउने भएका छन्। 

धमलाका अुनसार प्रतिनिधिसभाका सबै सांसदहरुले पुस र माघको तलब भत्ता फागुनसँगै एकसाथ पाउने छन्। 'हामीले उहाँहरूको तलब हरेक महिनाको अन्तिममा हाल्ने गरेका थियौँ', धमलाले भने, 'यो पटक पुस र माघको पनि तलब फागुनको पठाउँदा एकसाथ जानेछ। तर रोकिएको तलब कति थियो भन्ने चाहिँ हिसाब निकाल्दैछौँ।'

सरकारले एकजना सांसदका लागि तलब भत्तासहित करिब ६५ हजार रुपैयाँ निर्धारण गरिदिएको छ। प्रतिनिधिसभाका २७५ सांसदहरुले मासिक १ करोड ८० लाख रुपैयाँ तलबभत्ता वापत लिने गरेका छन्। 

संघीय संसद सचिवालयले प्रतिनिधिसभाका २७५ सांसदको पुस र माघको ३ करोड ७५ रुपैयाँ भुक्तानी तयारी गरेको छ। यसका लागि संसद सचिवालयले फागुनको तलबमा पुस र माघको पनि जोडेर निकासा तयारी गर्न लागेको हो। 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १५:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया