आफूनिकट केन्द्रीय सदस्यसँग देउवाले मागे सल्लाह, २ घण्टा छलफल
फाइल फोटो

पछिल्लो समय देशमा विकसित राजनितिक घटनाक्रमबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पदाधिकारी बैठक बोलाएका छन् । 

पदाधिकारी बैठकअघि देउवाले आफूनिकटका केन्द्रीय सदस्यहरुसँग छलफल गरेका छन् बूढानीलकण्ठस्थित देउवा निवासमा  ३ बजेबाट कांग्रेसक पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ।

त्यसअघि देउवाले निवासमै  आफूनिकट केन्द्रय सदस्यहरुसँग छलफल गरेका हुन् । भेटमा देउवाले अहिलेको परिस्थितिमा कसरी अघि बढ्ने भन्नेबारेमा राय मागेको केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । 

प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि सत्ता समीकरणका लागि कांग्रेस निर्णायक देखिएको छ। यस्तो अवस्थामा कसरी अघि बढ्ने भनेर देउवाले राय मागेको केन्द्रीय सदस्य कार्कीले बताए । 

उनका अनुसार केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले आफूलाई नेकपाको दुवै पक्षले सहकार्यको प्रस्ताव गरेको जानकारी केन्द्रीय सदस्यहरुलाई गराएका थिए । नेकपाको विवाद छिनोफानो नभएसम्म कांग्रेसले कुनै समूहसँग सहकार्य नगर्ने नेताहरुलाई सुनाएका थिए । 

यसबारेमा अन्तिम निर्णय केन्द्रीय समितिले गर्ने पूर्वअर्थमन्त्री समेत रहेका नेता कार्कीले बताए । 
केन्द्रीय सदस्यहरुले पनि नेकपाको आन्तरिक विवाद नटुंगिएसम्म कुनै पक्षमा नलागी तटस्थ बस्न सुझाव दिएको कार्कीले जानकारी दिए । 



बिहान ९ बजेदेखि दुई घण्टासम्म चलेको भेटघाटमा सभापति देउवा र उनी निकट दुई दर्जन केन्द्रीय सदस्य सहभागी थिए । 



  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १५:२८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया