नेप्से ४४ अंकले घट्यो, सबै समूहका सूचक ओरालोतर्फ

राजनीतिक उतारचढावका बीच यो साता सेयर कारोबार मापक नेप्सेमा भारी गिरावट आएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापना गरिदिएसँगै सुरु भएको राजनीतिक तरंगबीच सेयर कारोबारले ओरालो यात्रा थालेको हो।

यो साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचकमा ४४.९४ अंकको गिरावट आयो। त्यहीकारण अन्य दिनको तुलनामा कारोबार पनि घटेको छ।

बिहीबार ६ अर्ब ९ करोड बढीको सेयर खरिद बिक्री भएको छ। समग्र बजार  २५५४.१३ बिन्दुमा पुगेर रोकिएको छ। बिहीबार जीवन बिमा, बैंकिङसहित सबै सबै समूह ओरालो लागेका छन् ।

हिजोदेखि अप्रत्यासित घटेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानीकर्तालाई निराश बनाएको छ। तर यही बैंककै सबैभन्दा बढी कारोबार भएको छ। यो बैंकको आज मात्रै ९० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबार सकिँदा यसको सेयर मूल्य ५ सय ४३ रुपैयाँ रहेको छ। दोस्रो बढी कारोबार हुनेमा नबिल बैंक रह्यो। आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९.९१ प्रतिशतले सेयर मूल्य बढेको छ। 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १६:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया