नेपाल र भारतका आइसिटी कम्पनीबीच सहकार्य गर्ने सम्झौता

नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीबीच सहकार्य गर्ने सम्झौता भएको छ । 

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका चार कम्पनीहरुबीच सम्झौता भएको हो । 

नेपालका आइडिया कन्सल्टिङ प्रालि, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजिज प्रालि, टिम भर्टेक्स बिजनेस सर्भिस नेपाल र भारतको भर्टेक्स ग्लोबल सर्भिस बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

हस्ताक्षर कार्यक्रममा नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष सिर्जना राणाले भारत र नेपालको आइसिटी कम्पनीलाई कसरी सँगसँगै अगाडि बढाउन सकिन्छ र भारतको प्रविधि नेपालमा ल्याई आइसिटी क्षेत्रको विकास गर्ने उद्देश्यले सम्झौता गरिएको बताइन् । 

कार्यक्रममा विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरुलाई आइसिटी उद्योगमा कसरी आबद्ध गराउन सकिन्छ भन्ने सम्बन्धमा समेत छलफल भएको पनि अध्यक्ष राणाले बताइन् । 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १६:३३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया