दुई लाख रुपैयाँ घुससहित पक्राउ परे फार्मेसी अधिकृत

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले औषधि व्यवस्था विभाग विराटनगरका एकजना अधिकृतलाई २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।  विराटनगर महानगरपालिका–३ बाट विभागका फार्मेसी अधिकृत सरोज सुवेदी घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीबाट गएको टोलीले विराटनगर-३ स्थित एक होटलमा घुस लेनदेन गर्दागर्दै सुवेदीलाई पक्राउ गरेको हो ।

अख्तियारका एक कर्मचारीका अनुसार बन्द भएको फार्मेसी सञ्चालन अनुमति दिनका लागि सुवेदीले घुस लिएको खुलेको छ। 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १७:३८:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया