भारतीय राजदूत क्वात्राले भेटे कांग्रेस सभापति देउवा

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

भेटमा नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राखेको बताइएको छ ।

बिहीबार साँझ देउवा निवास पुगेर राजदूत क्वात्राले सभापति देउवासँग भेटवार्ता गरेका हुन् । 

नेपालको राजनीति तरल अवस्थामा रहेका वेला भारतीय राजदूत र कांग्रेस सभापतिबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार २०:५९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया