राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतलनिवासमा भेट भएको छ ।
प्रतिनिधि सभा बैठक बोलाउने विषयमा प्रधानमन्त्रीले राष्ट्रपतिसँग छलफल गरिएको बुझिएको छ ।
बिहीबार साँझ शीतलनिवास पुगेका प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठक कहिले बोलाउने भन्ने विषयमा छलफल गरेका हुन् ।
ओलीले अदालतले दिएको समयसीमाको अन्त्यतिर बैठक बोलाउनेबारे स्थायी कमिटीमा भएको छलफलबारे राष्ट्रपतिलाई जानकारी गराएका छन् ।
सर्वोच्चले ओलीको विघटन गर्ने निर्णय बदर गरेर १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन मंगलबार आदेश दिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।