नायक पल शाहविरुद्ध प्रहरीमा कुटपिटको उजुरी, छलफलमा बोलाइयो

चर्चित मोडल तथा नायक पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा कुटपिटसम्बन्धी उजुरी परेको छ। कुटपिट गरेको भन्दै उजुरी परेपछि प्रहरीले शाहलाई छलफलका लागि शुक्रबार उपस्थित हुन भनेको छ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार शाहविरुद्ध कुटपिटसम्बन्धी एउटा उजुरी बुधबार दर्ता भएको हो। 'कुटपिट गरेको भन्दै एउटा उजुरी बुधबार हामीकहाँ दर्ता भएको छ', बस्नेतले भने, 'उक्त उजुरीबारे छलफलका लागि दुवै पक्षलाई शुक्रबार आउन भनेका छौँ।'

म्युजिक भिडियोको सुटिङ गर्न केही दिनअघि धरान आएका शाहको निर्देशनमा उनका सहयोगीले बुधबार साँझ चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानमाथि कुटपिट गरेको आरोप लागेको छ।

धरानमा गर्न लागिएको कार्यक्रममा आइदिन आग्रह गर्दा शाहले सहयोगी कृष्णप्रसाद जोशीलाई लगाएर प्रधानमाथि कुटपिट गराएको दाबी पीडित पक्षले गरेको छ।

आफूमाथि कुटपिटका क्रममा मोडल शाहले धरानकै अन्य केटाहरू पनि लगाएको आरोप प्रधानले बताए। ‘हामी ज्वाइँ खाना होटलमा बसिरहेका बेला मलाई कुट्न भन्दै ८–१० जना केटा बोलाए छन्', उनले भने, 'तर उनीहरूमध्ये केहीले मलाई चिनेकाले केही पछि हटे। त्यसपछि शाह सहयोगी लगाएर मलाई कुटाए।'

आफूमाथि कुटपिट गरिएपछि उजुरी दिनुपरेको उनले बताए। यस घटनाबारेमा मोडल शाहले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार २१:४४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया