राष्ट्रिय महिला फुटबल टिमले पायो विदेशी प्रशिक्षक

नेपाली महिला राष्ट्रिय फुटबल टिमले पहिलो पटक विदेशी प्रशिक्षक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली फुटबल इतिहासमै पहिलो पटक राष्ट्रिय महिला टोलीका लागि विदेशी प्रशिक्षक नियुक्त गरेको हो ।

एन्फाले यसअघि प्राविधिक निर्देशक रहेका अष्ट्रेलियन गेरी फिलिप्सलाई महिला टोलीको प्रशिक्षणको जिम्मा दिएको हो । १३औँ सागमा फाइनल हारेपछि महिला टोली प्रशिक्षक विहीन रहेको थियो ।

केही महिनाअघि पुरुष सरह पारिश्रमिक तय गरेको एन्फाले बिहीबार महिला टोलीका लागि नयाँ प्रशिक्षक नियुक्त गरेको हो । महिला र पुरुष टोलीका खेलाडीले अहिले मासिक १८ हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

एन्फा र अष्ट्रेलिया पूर्व फुटबल खेलाडी फिलिप्सबीच डिसेम्बरको अन्त्यसम्म सम्झौता रहेको छ । सन् २०१९ देखि फिलिप्स एन्फाको टेक्निकल डाइरेक्टरको रूपमा कार्यरत थिए ।





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार ७:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया