युरोपा लिग : इङ्ग्लिस क्लब आर्सनल र युनाइटेड अन्तिम १६ मा

इङ्ग्लिस क्लब आर्सनल र म्यानचेष्टर युनाइटेडले युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएका छन् । प्रिमियर लिग क्लब आर्सनल र युनाइटेड गएरातिको खेलमा विजयी हुँदै युरोपा लिग फुटबलको अन्तिम १६ मा पुगेका हुन् ।

अन्तिम ३२ को दोस्रो लेगमा गएराति बेन्फिकालाई ३-२ गोल अन्तरले पराजित गरेसँगै आर्सनल अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा पोर्चुगिज क्लबसँग १-१ गोलको बराबरी खेलेको आर्सनलले समग्रमा ४-३ को जितसहित प्रि-क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

ग्रीसको एथेन्समा आर्सनललाई जित दिलाउन पिएरे एम्रिक औबामियाङले २१औँ र ८७ औँ मिनेटमा दुई गोल गरे । किएरण टीएर्नेले ६७औँ मिनेटमा एक गोल थपे ।

बेन्फिकाका लागि डिएगो गोनकाल्भेसले ४३औँ मिनेटमा र ६१औँ मिनेटमा राफा सिल्भाले एक एक गोल फर्काए ।

गएराति कै अर्को खेलमा बराबरी खेलेको युनाइटेडले रियल सोसिडाडमाथि समग्रमा ४-० को जितसहित अन्तिम १६ मा स्थान बनायो । युनाइटेडले पहिलो लेगमा निकालेको फराकिलो जित नै पर्याप्त बन्यो । 





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार ७:५६:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया