काठमाडौंमा फेरि भेटियो बर्डफ्लू

काठमाडौं उपत्यकामा फेरि बर्डफ्लू भेटिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिकाको १ नम्बर वडामा बर्डफ्लू भेटिएको पशु सेवा विभागले जनाएको छ । 

तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बर्डफ्लूको संक्रमण देखिएपछि हिजो बिहीबार हजारौँ कुखुरा नष्ट गरिएको विभागले जनाएको छ । यस विषयमा विभागले थप जानकारी सार्वजनिक गर्ने जनाएको छ । 

संक्रमण फैलिएपछि साङ्लाका विक्रम गौतम र कमल गौतमको फार्ममा रहेका ६ हजार ५२५ वटा लेयर्स कुखुरा मारिएको पशु सेवा विभागले जनाएको छ । यसअघि पनि तारकेश्वर नगरपालिका र सुर्खेतमा बर्डफ्लूको सङ्क्रमण देखिएको थियो ।





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १०:३६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया