ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २३ गतेदेखि आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अङ्कित ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र ३ लाख ३३ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।
लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन् । फागुन २४ गते महिला दिवस र २७ गते महाशिवरात्रिको सार्वजनिक बिदा परेकाले कम्पनीको आइपिओ कुल ६ दिन बिक्री खुला रहनेछ ।
आइपिओ निष्काशनका लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरण पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड पुग्ने कम्पनीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।