कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर निगरानी

मष्तिष्कघात भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर भएको छ। बिहीबार राति मष्तिष्क घात भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका जोशीको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखिएको छ।

पूर्वमन्त्री जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्त नाजुक’ भएको उनका सहयोगीले बताएका छन्। जोशीका दाजु राजुराज जोशीले अवस्था स्थिर भए पनि अहिले केही भन्न नसकिने जानकारी दिएका छन्। 

उपचारमा संलग्न चिकित्सकहरुले पनि जोशीलाई अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए। तर पनि उनको स्वास्थ्यमा सुधारको संकेत नदेखिएको उनीहरुले बताएका छन्।

जोशीका अर्का सहयोगीका अनुसार अवस्था गम्भीर छ। 'अवस्था नाजुक रहेको जानकारी अस्पतालबाट आएको छ', उनले भने, 'उहाँ पूरै अचेत अवस्थामा रहेको सुनेको छु।'

जोशीको अवस्था गम्भीर भएको जानकारीपछि उनका शुभचिन्तक र परिवारका सदस्य चिन्तित भएका छन्। जोशीको स्वास्थ्य अवस्था बारेमा अस्पताल प्रशासनले विज्ञप्ति निकालेर जानकारी गराइने जनाएको छ।

मष्तिष्क घात भएका जोशीलाई बिहीबार सबेरै बिहान पौने ३ बजे नर्भिक अस्पताल पुर्‍याइएको थियो। त्यसअघि उनलाई परिवारका सदस्यले वीर अस्पताल लगेका थिए। त्यहाँ उनको मष्तिष्कको शल्यक्रिया गरिएको छ। मष्तिष्कको नशा फुटेर रगत छरिएकाले अवस्था जटिल बनेको चिकित्सकहरुले बताएका छन्। 
 





  • प्रकाशित मिति : फागुन १४, २०७७ शुक्रबार १४:४९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया